अब नेपाली महिलाले पनि भारतीय सेनामा भर्ति हुन पाउने, छनाेटकाे लागि आव्हान।

एजेन्सी := नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाका अनुसार अब नेपाली महिलाहरूले पनि भारतीय सेनामा भर्ति हुन पाउने भएकाे छ । नेपाल स्थित भारतीय राजदुतावास ले सूचना जारी गर्दै महिला सैनिक प्रहरीको लागि छनोट आव्हान समेत गरेको हो ।

भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा भर्ति छनोट हुने सूचनामा जनाइएको छ । दूतावासको सूचनामा भर्तिमा जान चाहनेहरुले अनलाइनबाटै आवेदन दिनसक्ने उल्लेख गरेमाे छ ।

अनलाइन फारम : 

अनलाइन फारम भर्नाका लागि http://joinindianarmy.nic.in यस् लिङ्कमा गएर २० जुलाईसम्म आवेदन दिन सकिने बताइएको छ । उम्मेदवारको योग्यताका हकमा १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका,न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका इच्छुक उम्मेदवारले आवेदन दिनसक्ने उल्लेख छ।।

वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ भने गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ ।