अभिनेत्री मनिषा कोइरालाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग।

काठमाडौं := अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोभिड महामारीमा पनि अग्रपंतिमा रहेर खटिरहेको नेपाल प्रहरीको प्रधान कार्यालयमै पुगेर आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गर्नुभयो ।

मनीषाले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गर्नुभएको थियो । मनिषाले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु ।’