युरोकप फुटबल खेल: अस्ट्रिया र नेदरल्याण्ड्सको विजयी सुरुवात।

एजेन्सी := युरोकप फुटबल खेल अन्तर्गत गएराति सम्पन्न भएकाे खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलले हराएको छ। एम्स्टरड्याम एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि रोमाञ्चक जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२ औं मिनेटमा जर्जिनिओ विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। त्यस्तै वोउट वोघ्रोस्टले ५८ औं मिनेटमा अर्को गोल थप्दै खेल बराबरीमा ल्याए।

उता युक्रेनका लागि एन्ड्री यर्मोलेन्कोले ७५ औं मिनेटमा गोल गर्दै युक्रेनलाई खेलमा फर्काउन चाहे। त्यस्तै रोमन यरेमचुकले ७९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। रोमाञ्चक बनेको खेलमा डेन्जेल डुमफ्राइजले ८५ औं मिनेटमा गोल गरे जुन नेदरल्याण्ड्सको जितका लागि निर्णायक बन्यो।

epa09268184 Marko Arnautovic (L) of Austria scores the 3-1 goal against goalkeeper Stole Dimitrievski (R) of North Macedonia during the UEFA EURO 2020 group C preliminary round soccer match between Austria and North Macedonia in Bucharest, Romania, 13 June 2021. EPA-EFE/Robert Ghement / POOL (RESTRICTIONS: For editorial news reporting purposes only. Images must appear as still images and must not emulate match action video footage. Photographs published in online publications shall have an interval of at least 20 seconds between the posting.)

त्यस्तै गएरातीनै समूह “सि” अन्तर्गत टिमको सम्पन्न भएको अर्को खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।

योसँगै समूह ‘सी’ आफ्नो सुरुवाती खेलमै जित निकालेको अस्ट्रिया र नेदरल्याण्ड्स शीर्ष दुईमा छन् भने युक्रेन र नर्थ म्यासोडोनिया जितबिहीन छन्। photo : Getty Images