काठमाडौं:= नेपाली कांग्रेस पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले यस अघिको महाधिवेशन कार्यतालिका संशोधन गर्दै नयाँ मिति तय गरेको हो । यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका थियो ।
संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने उल्लेख छ ।
यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ । केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ ।




















