युरोकपमा आज तीन वटा खेल, विश्वमै शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै।

एजेन्सी := युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ ।

यसअघि उद्घाटन खेलमा समूह ए कै टर्कीलाई इटलीले हराएको थियो। समूह ए मा इटली, टर्की, वेल्स र स्वीजरल्याण्ड रहेका छन्।त्यस्तै अर्को खेलमा ९: ४५ बजे डेनमार्क र फिनल्याण्ड प्रतिस्पर्धामा उत्रनेछन्। डेनमार्कको पार्केन स्टेडियममा हुने यो खेलमा समूह बी का यी टोली प्रतिस्पर्धा उत्रने छन्।

तेस्रो खेलमा पौने एकबजे क्रिस्टोभ्स्की स्टेडियममा सुरु हुने खेलमा बेल्जियमलाई रसियाले चुनौती दिनेछ। समूह बी मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम र रसिया छन्।