फ्रेन्च ओपन: फाइनलमा क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने।

पेरिस:= फ्रेन्च ओपनको महिला एकलको फाइनल चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभा र रुसी खेलाडी एनास्टिसा पेभलेचेन्कोभाबीच हुने भएको छ ।

क्रेजसिकोभाले मारिया सकारीलाई तीन घण्टा चलेको कडा प्रतिस्पर्धात्मक खेलमा बिहीबार ७–५, ४–६ र ९–७ ले हराइन्।

क्रेजसिकोभाले एक म्याच प्वाइन्टमा जोगिंदै यो सनसनीपूर्ण खेल जितेकी हुन् ।

अब शनिबार हुने फाइनलमा उनको सामना ३१ वर्षीय अनुभवी खेलाडी पेभलेचेन्कोभासँग हुनेछ ।पेभलेचेन्कोभाले अर्को सेमिफाइनलमा स्लोभेनियाकी टमारा जिडासेकलाई ७–५ र ६–३ ले हराइन् । उनी ग्रान्ड स्लाम फाइनल पुगेको यो पहिलो पल्ट हो ।