केपी ओली सरकारमा ८ जना नव नियुक्त मन्त्रीहरुले लिए शपथ।

काठमाडौं := नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । आज शपथ खाने मन्त्रीहरुमा खगराज अधिकारी गृहमन्त्री, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार सूचना तथा प्रविधिमन्त्री ,ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री , नारदमुनी राना वन तथा वातावरणमन्त्री , गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री , मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन् ।