आफ्नै श्रीमतीलाई मन्त्री बनाएपछि वादल समुहभित्र असन्तुष्टी!

काठमाडौं := अहिले धमाधम नेताहरुका श्रीमान् श्रीमती नै कि पालै पालो कि एकै पटक केन्द्रदेखि प्रदेश सम्म मन्त्री बनेकोमा त्यसै पनि आलोचना हुने गरेको छ । आजै विस्तार हुन लागेको मन्त्रीपरिषद्मा पनि माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले आफ्नै श्रीमती नैनकला थापालाई सञ्चार मन्त्री बनाउन लागेपछि बादल समुहभित्र असन्तुष्टी व्यक्त भएको स्रोतको दाबी छ ।

गत जेठ ६ गते सर्वोच्चको आदेश बमोजिम मन्त्री पद गुमेपछि बादल सहित उनको समुहमा रहेका सातै मन्त्रीले संसद विघटन भए पछि पुनः नियुक्ति पाउन लविङ गरीरहेको सार्वजनिक भएको थियो ।तर ओलीले नयाँ मान्छे पठाउन त्यो पनि दुई वटा सम्म मन्त्रालयमा भनेपछि वादल समुह भित्र आफै जाने कि कसलाई पठाउने भन्नेमा बहस भएको थियो ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तपाईको नेतृत्वमा दुई जना जतिको नाम दिनु आजै शपथ गराउने भनेर खबर पठाएका थिए । र बादल त्यो दिन शपथ खाने मनशायमा रहेपनि लेखराज भट्ट लगायत केहीले हामीलाई पनि हुनु पर्छ भनेको र त्यो भए पछि बरु लौ म पनि जान्न, नयाँ नै पठाँउ भनेर बादलले भनेपछि सो दिन मन्त्रीले शपथ खाएका थिएनन् ।

आज विस्तार हुन लागेको मन्त्रीपरिषद्मा वादलकी श्रीमतीलाई सञ्चार मन्त्रालय दिईएको छ भने माओवादी छाडेर एमाले प्रवेश गरेकी ज्वाला कुमारी शाह कृषि मन्त्री हुने भएकी छन् । उनी प्रभु शाहको जोडमा मन्त्री हुन लागेको बुझिएको छ ।

यस अघि नयाँ नाम पठाउन भनेपछि चन्द्रबहादुर खड्का देखि बालकृष्ण ढुंगेल, नवीन रोक्का लगायतको नाम सो समुहको छलफलमा परेपनि अन्ततः वादलले श्रीमतीलाई मन्त्री बनाएपछि उनको पछि लागेर हिँडेका कार्यकर्तामा असन्तुष्टी बढेको छ ।

आफै खाने, आफूलाई नभए श्रीमतीलाई खुवाउने ? यो कस्तो अचम्म भयो , नेताहरुले आफू बाहेक सार्वजनिक पदमा कसैलाई जानै नदिने , खानै नदिने एक कार्यकर्ताले बताए ।
यस अघि नैनकला थापा राष्ट्रिय महिला आयोगकी अध्यक्ष भईसकेकी थिईन् ।