एजेन्सी := एक महिलाले एकसाथ १० बच्चालाई जन्म दिएर विश्व किर्तिमान कायम गरेकी छिन्। एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।

ती ३७ वर्षीया महिलाले ७ जुनमा १० बच्चालाई जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए। तर १० वटा बच्चा जन्मिएपछि उक्त दम्पती खुसी भएको बताइएको छ। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्।
सिटहोलले स्थानीय मिडियासँग कुरा गर्दै आफ्नो गर्भावस्थालाई लिएर आफैं चकित भएको बताइन् । द सनको रिपोर्टअनुसार उनका सबै बच्चा पूर्ण रुपमा स्वस्थ भएको बताइएको छ । बच्चाहरुलाई आगामी केही महिनासम्म इन्क्युबेटरमा राखिनेछ । सिटहोलले प्राकृतिक रुपमै गर्भधारण गरेकी थिइन् । गर्भावस्थाको क्रममा आफूलाई निकै असहज भएको उनले बताइन् ।




















