काठमाडौं:= पछिल्लो २४ घण्टामा देशभर थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ भने नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभरबाट ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ।




















