पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु,थप ४४७२ जना संक्रमित फेला।

काठमाडौं := आज नेपाल देशभर थप ४४७२ जना मानिसहरुमा कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमण पुष्टि  भएको छ।

१२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ भने ६,९५१ जना संक्रमण मुक्त भएका छन् ।