काठमाडौं:= कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ ।दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ।
यसअघि सो प्रतियोगिता अर्जेन्टिना र कोलम्बियामा आयोजना हुने तय थियो । तर, अर्जेन्टिनाले कोरोना भाइरसको महामारीको कारण र कोलम्बियाले देशभर सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण खेल खेलाउन नसक्ने बताएपछि प्रतियोगिता ब्राजिलमा हुन लागेको हो ।
ब्राजिल साविक विजेतासमेत हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने कन्मेबोलले जनाएको




















