[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेसको प्रवास शाखा नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ।
अहिले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै यहीँ मिति सन् २०२१ / मे ३० तारिख / आईतवारको दिन भर्चुअल अनलाइन प्रविधि मार्फत आयोजित सम्पन्न तेस्रो अधिवेशन कार्यक्रमबाट जनसम्पर्क समिती मलेसियाको सभापतिमा पुनः चोलाकान्त पंगेनीनै अर्को कार्यकालको लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यस्तै सर्वसम्मतनै निर्वाचित हुनेहरूमा उप-सभापतिमा कमल प्रसाद गौतम,महेन्द्र जंग शाह,टेक बहादुर टमाटा, विनोद बहादुर थापा ,राकेश कुमार महतो र चक्र मल्ल ठकुरी , महामन्त्रीमा हरि कोइराला, सह– महामन्त्रीमा दिपक अधिकारी र कोषाध्यक्षमा जनक बहादुर बम निर्वाचित हुनुभएको छ। यसैगरी सर्वसम्मतनै सदस्यहरुमा निर्वाचित हुनेहरुमा क्रमशः अञ्जु रेग्मी, चमेली लम्साल , गणेश राउत, दिपक तामाङ , घनस्याम चौधरी (आरएन थारु) , जलान्धार उप्रेती, कुमार ओझा, नरेन्द्र लामा, उग्रेन गुरुङ, यज्ञ कुमार राइ, तेज कुमार राइ र निलकण्ठ अर्याल रहेका छन।

यसैगरी सोही अधिवेशनबाट सल्लाहकारहरुमा जितमान लिम्बू , सुमन याक्खा , जयराम तिमिल्सिना र राम कुमार राई चयन भएका हुन। त्यस्तै अधिवेशनले नेपालमा आयोजना हुने कांग्रेस केन्द्रको १४ औं महाधिवेशनको लागि महासमिती सदस्य र महाधिवेशन सदस्यहरुमा चोलाकान्त पंगेनी , कमल प्रसाद गौतम , विनोद बहादुर थापा गरि तीन जना मनोनयन भएका छन , भने महाधिवेशन प्रतिनिधिहरुमा महेन्द्र जंग शाह, सन्तोष रिजाल, राकेश कुमार महतो र टेक बहादुर टमाटा गरि चारजना चयन भएका छन।

नेपाली जनसम्पर्क समिती मलेसियाका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा संम्पन्न भएको उक्त तेस्रो अधिवेशनमा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका उपसभापति एबं पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधी ,नेपाली काङग्रेसककी केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री सुजाता कोईरालाको बिशीष्ट आतीथ्यता र अन्य अतिथिहरु नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदम्वे , नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ , नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय प्रमुख गोविन्द भट्टराई , तरुणदल गण्डकी प्रदेश संयोजक एवं अधिबेसन प्रतिनिधि पुर्ण बहादुर गुरुङ,जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्टको उपस्थितिमा सो अधिवेशन संम्पन्न भएको थियो।





















