कुवेत := कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कुबेतमा १२ नेपालीको मृत्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृत्यु भएको छ । जस अनुसार कोरोनाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृत्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।
रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् । कुबेतमा एक बर्षको अबधिमा कोरोनाका कारण १२ जना नेपालीको मृत्यु भएको कुबेत दूतावासले जनाएको छ । नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् ।
नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाषण गर्ने गरेको छ । तर यो सब सत्ता टिकाउने खेल र भाषणमा मात्र सिमित भएको छ । करिव ७० हजार भन्दा बढीको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घटना, आत्माहत्या, कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ।
त्यसैगरी कुवेतको सेन्टरलको जेलमा ४९ जना रहेका छन। आपराधिक तथा गैरकानुनी कार्यमा संलग्न उनिहरुले अपराध अनुसारको सजाय भोक्दै आईरहेका छन। कोरोना सुरुभए यता ईलिगल भई नेपाल जाने र कुवेत छोडि छुट्टि तथा बिट मारि जानेहरुले गर्दा कुवेतमा नेपालीको सङ्ख्यामा कमि आएको छ।




















