एजेन्सी (मुम्बई):= अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ ।
उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।
अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएकोे हो । अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।
























