रोनाल्डोको कप्तानीमा पोर्चुगलको फुटबल टोली घोषणा।

एजेन्सी:= रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ ।पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अनुभवी र युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटेका छन् । प्रशिक्षक सान्तोषको टोलीमा इंग्लिस क्लब वल्भ्सबाट सबैभन्दा बढी चार खेलाडीले स्थान बनाएका छन् ।

पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट समान तीन खेलाडी टोलीमा पर्दा फ्रेन्च क्लब लिलबाट दुई खेलाडी परेका छन् । युभेन्टस स्टार रोनाल्डो प्रतिभावान युवा खेलाडीले भरिएको खेलाडीले घेरिएको छ । सोही कराण पोर्चुगललाई युरोकप रक्षा गर्नुपर्ने दवाव छ ।

सन् २०१६ मा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर उपाधि जितेको पोर्चुगललाई यो सिजन पनि उपाधिको दावेदार टोलीको रुपमा हेरिएको छ । समूह ‘एफ’ मा रहेको पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यसपछि १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ । त्यसअघि पोर्चुगलले ४ जुनमा स्पेन र ९ जुनमा इजरायलसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

पोर्चुगल टोली : 

गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)

डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)