ज्ञान विज्ञान : अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण।

एजेन्सी := अन्तरिक्ष यान (रकेट) निर्माता कम्पनी स्पेस एक्सले बुधबार अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण गरेको छ । सन् २०२४ मा चन्द्रमामा मानिसलाई लिएर जानसक्ने यान तयार पार्ने ठेक्का लिएको स्पेस एक्सले बुधबार स्टारसिपको उडान परीक्षण गरेको हो । स्पेस एस्पोलेरेसन टेक्नोलोजी कर्पोरेसनले अमेरिकाको टेक्सासमा निर्माण गरेको यान पृथ्वीबाट छ माइल माथिसम्म परीक्षण गरिएको थियो ।

एसएन १५ नामक विमान स्पेसएक्सको प्रोटोटाइपको सफतापूर्वक ल्याण्डिङ भएको पाँचौं रकेटसमेत हो । यो सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पहिलो यान हो । स्पेसएक्सका सीईओ एलन मस्कले ट्विट गर्दै स्पेसएक्सको ल्याण्डिङ सफल भएको जानकारी दिनुभएको छ ।

स्पेस एक्सले पहिलेका चारवटा यान ल्याण्ड गराइसकेपछिको पाँचौं प्रयास सफल भएको हो । यसअघिका सबै मिसन एक्सप्लोजनबाट अन्त्य भएका थिए । मस्कले अहिले तयार गरिँदै गरेको यान भने एक दिन मंगल ग्रहमा मानिस लिएर जाने प्रयोजनका लागि बनाएको दाबी गरेका छन् ।

स्पेसएस्का अनुसार यानमा केही नयाँ अवरधारणा ल्याइएका छन् । यानमा हार्डवेयर, सञ्चार र नेभिगेसन प्रणालीमा सुधार गरिएको छ । यसमा धेरै ठूलो इन्जिन प्रयोग गरिएको छ । जसलाई रेप्टर इन्जिन भनिन्छ । तर, स्पेसएक्सले अलिहेसम्म उसले भनेजस्तो सुपर हेबी रकेटको भने परीक्षण गरेको छैन् । मस्कले आउँदो एक वर्षमा यस्तो रकेटको परीक्षण गर्ने बताउनुभएको छ । त्यसैले स्पेसएक्सले अहिले ‘मोडिफाइड भर्जन’ को विमान बनाउन लागेको छ । यसले नासाको मुन प्रोजेक्टलाई सघाउ पुग्ने बताइएको छ ।

कार्यक्रमका लागि उसले केही समयअघि नासासँग सम्झौता गरिसकेको छ । यो सम्झौता सफल भएमा अबको केही वर्षमै २१औं शताब्दीमा पहिलोपटक मानिस चन्द्रमा पुग्नेछन् । २०औं शताब्दीमा एपोलो कार्यक्रमबाट १२ जना मानिस चन्द्रमाको सतहमा अवतरण गरेका थिए ।