मलेसियामा कोरोनाले आजमात्रै ३४ जनाको मृत्यु, जम्मा मृतकको सङ्ख्या १,८२२ पुग्यो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ४ लाख ६२ हजार १९० जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,८२२ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , मेय , १४ तारिख , शुक्रवारको दिन कोरोनाको कारण थप ३४ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,८२२ जना पुगेको हो।

आज मात्रै पुनः ४,११३ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ४,१९० जना निको भएसंगै जम्मा ४ लाख १८ हजार ८९७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

[ photo source : malaysian health ministry department KKM ]
हालसम्म ४१ हजार ४७१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ४८२ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

 

कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी महिना जुन ७ तारिखसम्म आवागमन नियन्त्रण आदेश (एमसिओ) जारी,लागू गर्नुको साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको विभिन्न अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिकहरुलाई मलेसिया प्रवेशमा प्रतिबन्ध, रोक लगाएको छ।