काठमाडौं:= कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ अनिश्चित कालका लागि स्थगित गरिएको छ । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले कोभिड १९ का कारण सिर्जना भएको स्थितिले सिजन २ को एपिसोड छायांकन स्थगित भएको जानकारी दिनुभयो ।
‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौं’ रियालिटी सोले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ । केही समय पहिले शोकी निर्मात्री अधिकारीसहित प्रतियोगिताका केही सहभागीलाई कोरोना भाइरस संक्रमणसमेत पुष्टि भएको थियो । रियालिटी शोको अफिसियल युट्युबमा पुरानै भिडियो अपलोड गरिएको छ ।




















