इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी चेल्सीसंग २-१ गोल अन्तरले पराजित।

एजेन्सी:= इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

लिगको उपाधि जित्ने संघारमा रहेको सिटीसँग चेल्सी पराजित भएपछि सिटीलाई उपाधि जित्न केही समय कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको सुरुवाती एक गोलको अग्रतालाई उल्टाएर चेल्सीले जित निकालेको हो ।

चेल्सीको जितका लागि हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । यस्तै सिटीका लागि रहिम स्ट्रर्लिङले एक गोल फर्काए । जितसँगे चेल्सीले ३५ खेलमा ६४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उपाधि ननिक रहेको सिटी ८० अंकका साथ शीर्ष स्थानमा रहेको छ । सिटीलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको छ । यी दुई टोली च्याम्पियन्स लिगको फाइनलमा फेरि आमनेसामने हुँदैछन्।