भक्तपुर := भक्तपुरमा अक्सिजनको अभावमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।
अक्सिजन सकिन लागेको खबर पाउने वित्तिकै रिफरको लागि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए। अहिले देशभरका अस्पतालमा अक्सिजन संकट बढीरहेको छ । अक्सिजनमा पनि खास गरी सिलिण्डरको अभाव खड्किएको देखिएको छ ।
भारतमा जस्तै नेपालमा पनि अक्सिजनको अभावमा संक्रमितको मृत्यु बढ्न सक्ने चिन्ता गर्न थालिएको छ ।शनिबार भारतबाट केही अक्सिजन नेपाल ल्याईदैछ भने चीनले पनि अक्सिजन सिलिण्डर केही मात्रामा सहयोग गर्ने र केही नेपालले खरीद गर्ने तयारी गरीरहेको छ ।




















