हवाई उडान तत्काल नरोक्ने नेपाल सरकारको निर्णय।

काठमाडौं := नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको कुराहरूलाई केही परिमार्जन गर्दै पारित गरेको छ।

कोरोना रोकथामका विषयमा केन्द्रित सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि वैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनारए सञ्चालन गर्न पाउने निर्णय संगै तत्काल हवाई उडान नरोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकामा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ।