कुवेत := कुवेतस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न आग्रह गरेको छ ।
दूतावासले एक सूचना सार्वजनिक गर्दै कुवेतमा कोरोना संक्रमण दर बढिरहेको र संक्रमणबाट ज्यान गुमाउनेको संख्यासमेत बढिरहेको कारणले सम्पुर्ण नेपाली हरु सुरक्षित रहन र बच्न आग्रह गरेको हो ।
कुवेत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण पालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनसमेत सुचना मार्फत दूतावास ले अनुरोध गरेको छ।





















