कोरोनाको कारणले कन्सुलर विभागले अबदेखि एक पटकमा २५ जनालाई मात्र सेवा दिने।

काठमाडौं := परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले सेवाग्राहीको व्यापक भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्ने जनाएको छ।

कन्सुलर विभागले मंगलबार सूचना जारी गरी वैशाख १२ देखि लागू हुने गरी प्रमाणीकरणको समय बिहान ८ देखि साँझ ५ बजेसम्म गरिएको र प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गर्दै काम सञ्चालन गर्ने जनाएको हो।

प्रमाणीकरण कार्यका लागि सोधपुछ काउन्टरमा वैशाख ८ गतेदेखि नै बिहान ८ बजेबाट नै संकेत नम्बरसहितको फारम वितरण गरिने विभागले जनाएको छ। एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई प्रमाणीकरणमा सहभागी गराइने छ।

सामाजिक दुरीलगायतका कार्यलाई ध्यान दिइने विभागले जनाएको छ। नेपाल प्रहरीबाट हुने प्रहरी रिपोर्टका लागि विभागको प्रमाणीकरण नलिइकन विदेशी नियोगहरूमा पेश गर्न सकिने पनि विभागले जनाएको छ।