नेपालगन्ज:= बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक छेउमा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३७ जना घाईते भएका छन् । बसमा ४२ जना यात्रु सहभागी थिए । दुर्घटनामा मृत्यु हुनेमा एक जना महिला समेत रहेका छन् ।
कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् ।
अन्यको अझै पहिचान खुल्न सकेको छैन। घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइएको बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।




















