काठमाडौं:= प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर निकाय रअ प्रमुखबीच चार–बुँदे सम्झौता भएको झुठो , भ्रमपुर्ण समाचार लेख्ने विभिन्न अनलाइन मिडियाहरूलाई २४- घण्टे स्पष्टीकरण सोध्नुको साथै कारवाही गरेको छ।
शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकम,पर्दाफास डटकम,समाचार दैनिक डटकम,नेपालीगाथा ड्टकम लगायतको गरि सातवटा अनलाइन मिडियालाई स्पष्टीकरण सोधेको हो।

त्यस्तै, काउन्सिलको स्वअनुमगनले दर्ता बिनानै सञ्चालनमा रहेका सन्देशप्रवाह डटकम र न्यूज८८पोस्ट डटकमलाई लाई नेपालभित्र चल्न नदिन , बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
पत्रकारिताको मूल्य–मान्यता, संवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्दै आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकारिता गर्न पनि काउन्सिलले सबैको ध्यानाकर्षणा गराएको छ।





















