एजेन्सी := भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३५३ जनामा संक्रमण देखिएको हो। यस्तै, १ लाख १८ हजार ३०२ जना संक्रमण मुक्त भएका छन्।
एक हप्तासम्म १ लाख भन्दा बढी संक्रमण देखिँदै गर्दा बिहीबार एकैदिन थपिने संक्रमितको संख्या २ लाख नाघेको थियो।
यस्तै, शुक्रवार बिहानसम्म थप १ हजार १८५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। भारतमा संक्रमितको दरसँगै मृत्यु दर पनि बढ्दै गएको छ। गएको तीन दिनयता दैनिक १ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
भारतमा १ करोड ४२ लाख ९१ हजार ९१७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७४ हजार ३०८ जनाको मृत्यु भइसकेको छ। हाल भारतभर १५ लाख ६९ हजार ७४३ सक्रिय कोरोना संक्रमित रहेका छन्।
India reports 2,17,353 new #COVID19 cases, 1,18,302 discharges and 1,185 deaths in the last 24 hours, as per Union Health Ministry Total cases: 1,42,91,917 Total recoveries: 1,25,47,866 Active cases: 15,69,743 Death toll: 1,74,308 Total vaccination: 11,72,23,509



















