नेपाली दूतावास मलेसियाद्वारा जेलमा रहेका २४ जना नेपाली श्रमिकको उद्धार,स्वदेश फिर्ता।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको विशेष सहयोग र पहलमा मलेसियाको जेलबाट २४ जना नेपाली श्रमिकको उद्धार गरि सकुशल स्वदेश फर्काइएको छ।

आज शुक्रबारको साझ ०६:०० बजे क्वालालम्पुर केयलआईएदेखि काठमाडौं सम्म भएको हिमालयन एयरलाइन्सको फ्लाईट मार्फत यी निम्न नाम भएका नेपालीहरु क्रमशः बिकास काहार , प्रेम बहादुर यासमाली मगर , राज कुमार तामाङ , लक्षुमण तामाङ , संजीव कुमार यादव , राम बिश्वास राय , अपलेन्द्र यादव , भिमराज लिम्बू , पुर्ण कुमार राई , कुन्दनलाल चौधरी , शिवचन्द्र यादव , शिव कुमार मुखिया , रन्जित कुमार चौधरी , दिलिप मगर , नुर मोहम्मद सफि , राजेश कुमार यादव , रमेश कुमार यादव , सतेन्द्र कुमार यादव , चुदिन्द्र खड्का , प्रकाश मल्ल , दिल्लीराम खत्री , राम कुमार मण्डल , सुरेन्द्र प्रसाद बर्मा , जितेन्द्र पाशमान र गोपाल चन्द गरि जम्मा २४ जना नेपाली श्रमिकको उद्धार गरि स्वदेश फर्काइएको नेपाली राजदुतावास मलेसियाको द्धितिय सचिव र जेल तथा डिटेण्सन शाखा प्रमुख प्रेम बुढ थापाले मलाया खबरलाई जानकारी गराउनुभएको छ।

ती २४ जना नेपाली श्रमिकहरु विभिन्न कारणबँस मलेसियन कानुनको उलंघन गरेर जेल सजाय काटेर जोहोरबारुमा अवस्थित घरफिर्ती केन्द्र (Detention camp) मा टिकट लगायतको आवश्यक कानुनी कागजातको अभावमा स्वदेश फर्किन पाएका थिएनन्।

द्धितिय सचिव थापाका अनुसार नेपाली दूतावासले ती सबै नेपाली श्रमिकहरुको लागी यात्रा अनुमतिपत्र (travel document) लगायतको आवश्यक कानुनी कागजात बनाई सम्पुर्ण कानुनी प्रक्रिया पूरा गराई स्वदेश फर्काइएको हो।

द्धितिय सचिव थापाले बताए अनुसार दूतावासकै पहलमा ति नेपालीहरु स्वदेश फर्किन आवश्यक पर्ने हवाई टिकट आप्रवासी श्रमिकहरुको हकहितमा काम गर्ने संस्था (international organization for migration) ले २४ वटा टिकट दिएर सहयोग गरेको साथै ति नेपालीहरुको कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि पिसिआर चेक बापत्त लाग्ने खर्च मलेसिया सरकारलेनै ब्यवहोरेर सहयोग गरिदिएकोले ती नेपाली श्रमिकहरु आज स्वदेश फर्किन सफल भएको थापाले बताउनुभयो।