जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ।

एजेन्सी:= अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले बताएका छन् ।

फ्लोइडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उनको मृत्यु भएको बताएका हुन्।

डा. मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएका हुन् ।

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो ।

फ्लोइड पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।