होम पेज खेलकूद आईपीएल क्रिकेटको चौधौं संस्करण आजबाट सुरु।

आईपीएल क्रिकेटको चौधौं संस्करण आजबाट सुरु।

कोभिडलाई मध्यनजर गर्दै यस प्रतियोगितामा सहभागी सम्पूर्ण आठवटा टोलीले कुनैपनि खेल आफ्नो घरेलु मैदानमा खेल्ने छैनन् । यसैक्रममा आजको पहिलो खेल साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेञ्जर बेंग्लोर विरुद्ध चेन्नईको चेपाक मैदानमा नेपाली समय अनुसार पौने आठ बजे खेल्दैछ ।

मुम्बईका कप्तान रोहित शर्मा छैटौं उपाधीका लागि तम्तयार छन् भने भारतीय क्रिकेट टोली तथा बेंग्लोरका कप्तान बिराट कोहली भने आफ्नो पहिलो आइपीएल उपाधीको दाउमा प्रतियोगितामा उत्रदैछन् ।

बेंग्लोरले यसपालीको संस्करणका लागि अष्ट्रेलियाली बिस्फोटक ब्याटस् म्यान ग्लेन म्याक्सवेललाई अनुबन्धित गरेको छ भने मुम्बईको टोलीमा धेरै परिवर्तन देखिएको छैन । यसपटकको आइपीएलमा भने नेपाली स्पीनर सन्दिप लामिछाने देखिने छैनन् ।-