सुदूरपश्चिम प्रदेशमा १२ जना थारू पत्रकार नेतृत्व तहमा।

कैलाली := नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका छन्।

प्रदेश कार्यसमिति तर्फ ४, कैलाली जिल्ला कार्यसमिति ४ र कञ्चनपुर जिल्ला कार्यसमितिमा ४ सहित १२ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका हुन् ।

प्रदेश तर्फ समावेशी सदस्यमा राम बहादुर दहित चौधरी, रामलखन चौधरी, सदस्य महिला तर्फ कालीमैया चौधरी र रामदुलारी राना अत्यधिक मत ल्याई नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिमा पुगेका हुन् ।

यता कैलाली कार्यसमितिका लागि सचिवमा प्रेम चौधरी, सहसचिव (समावेशी) मा दिनेश दहित, खुला सदस्यमा रतनलाल चौधरी सदस्य (समावेशी)मा नरेन्द्र चौधरी विजयी भएका छन् ।

त्यस्तै कञ्चनपुर जिल्लामा उपाध्यक्ष (महिला) मा हेमन्ती चौधरी, सहसचिव (समावेशी) पहिलाद राना र सदस्य (समावेशी)मा लालबहादुर चौधरी र रजनी राना विजयी भएका छन् । #कैैैलारी अनलाईन