काठमाडौँ:= भारतको सिक्किम केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सो भूकम्पले पूर्वी नेपाल हल्लिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पको धक्काले पूर्वी नेपाल हल्लिएको छ।
नेपालको काठमाडौं सहित पूर्वी पहाडी र तराई जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो । प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् ।
भकम्पले करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।
उता भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतको बिहारमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।




















