काठमाडौं := नेपाली फिल्म क्षेत्रकि नायिका प्रियंका कार्कीले २० चैतमा आफू आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन् ।
उनले लेखेकी थिइन्,‘अबदेखि नसोध्नुहोला। हामी गर्भवती छौं।’ श्रीमान् आयुष्मान देशराज जोशीसहितको तस्बिर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी थिइन्। उक्त पोष्टमा धेरैले बधाई दिएका थिए भने केहीले व्यङ्गगसमेत गर्न भ्याएका थिए ।

उनले त्यसपछि प्राय दिनहुँ सामाजिक सञ्जालमा गर्भावस्थाका तस्बिर सेयर गर्दै आएकी छिन्। आज उनले आयुष्मानसँगको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, “हाम्रो सानो चमत्कार !” उनीहरुले गत फागुन १६ गते विवाह गरेका थिए।





















