कतार प्रहरीको लागि‘डिमाण्ड’आएकै छैन, म्यानपावरको ठगीबाट बच्नुस: वैदेशिक रोजगार विभाग।

काठमाडौं:= पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावर र एजेन्टहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक , ठगी जस्ता कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान आतुर सम्पुुर्ण नेपालीहरुमा आग्रह गरेको छ।

वैदेशिक रोजगारीको गन्तव्य देश कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भैइ र कुनै ‘डिमाण्ड’ पनि नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।

यस्तै कुन-कुन गन्तव्य देशमा के-कस्तो कामको लागि कति सङ्ख्यामा कामदारको माग आएको तथा कुन म्यानपावरले पठाउने लगायत सम्पूर्ण जानकारीको लागि विभागको वेबसाइट मार्फत यकिन गरेर सम्भावित ठगीबाट बच्न पनि विभागले आग्रह समेत गरेको छ।