राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन।

काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी छिन्। भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसाले भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन्।

चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो।
भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी छन्।