एजेन्सी := बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले सलमानले उनलाई धोका दिएको आरोप लगाएकी छन्।
उनी पछिल्लो समयमा मिडियामा सक्रिय रुपमा देखिन थालेकी छन् भने उनले आफ्नो पूरानो सम्बन्धको बारेमा पनि खुलेर कुराकानी गरिरहेकी छिन् ।
उनले एक अन्तरवार्तामा भनेकी छिन्, ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भएको छ । उनले मलाई धोका दिएका थिए । त्यसैले मैले उनीसँग सम्बन्ध तोडेँ ।’ उनीहरु पछिल्लो समय आफ्नो – आफ्नो दुनियाँमा व्यस्त छन् । सोमीले सलमानसँग सम्बन्ध तोडेपछि ५ वर्षसम्म बोलचाल बन्द गरेकी थिइन् ।

उनी पाकिस्तानी मुलकी अमेरिकी अभिनेत्री हुन् । ९० को दशकमा बलिउडका थुप्रै फिल्ममा काम गरेकी छन् । यसै सिलसिलामा सलमान र सोमी नजिकिएका थिए । उनीहरु एकसाथ ८ वर्षसम्म सम्बन्धमा रहे ।
जुम डिजिटलमा कुराकानी गर्दै सोमीले भनिन्, ‘म भारत बलिउडको हिस्सा बन्नको लागि आएकी थिइनँ । पूर्वप्रेमीसँग सम्बन्ध तोडिएपछि म बलिउड छोडेर गएँ ।’




















