जसपा पार्टीले ओलीतन्त्रको घाँस खान्न : बाबुराम भट्टराई।

काठमाडौँ := पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्‍यक्ष डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’ यसका साथै भट्टराईले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?’