जानकीदेवी राम एमालेको समानुपातिक सांसद निर्वाचित।

काठमाडौं := निर्वाचन आयोगले नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित भएको जनाएको छ ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेनुभएको सिरहाकी जानकीदेवी राम निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय भएको छ ।

एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

बन्द सूचीको दोस्रो स्थानमा रहनु भएको धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो । जानकीदेवी राम निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन् ।