[ अभय दुबे ]
बारा := ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढकै नामले प्रदेश न.२ अन्तरगत बारा जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित सिम्रौनगढ नगरपालिका बनाइएको छ।
सिम्रौनगढको जनसंख्या २४ हजार ६ सय १५ रहेको छ । सिम्रौनगढ, वीरगञ्जबाट २८ कि.मी. पूर्वमा र काठमाण्डौबाट दक्षिण ९० कि.मी.को सीधा दूरीमा अवस्थित रहेको छ।
सिम्रौनगढ ऎतिहासिक एवंम पुरातात्विक स्थल हो । यो स्थल सिमरा वनगढ, सिम्मनगाडा, पाटा, इत्यादिको नामले समेत परिचित छ । यहाँ ११ औं देखि १४ औं शताब्दीका ‘सिम्रौन राज्य’ अथवा ‘कर्नाटवंशी राज्य’ र १८०० वर्ष पुरानो गुप्ताकालका विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेटिएको छ । अहिले पनि जमीन उत्खनन गर्दा ११ औं शताब्दीका मूर्ति , सिलाहरु इतियादी भेटिने गरेको छ ।

‘सिम्रौन’ राज्यलाई ग्यासुद्दिन तुग्लकले सन् १३२४ तिर पराजित गरेपछि, त्यहाँका अन्तिम राजा हरिसिंहदेव पहाडतिर गएर काठमाडौं उपत्यकाको मल्ल राजवंशमा समाहित भएको थिए । यसको शासनका क्रममा उपत्यकाले कला, शिल्प, साहित्य र वास्तुको क्षेत्रमा उच्चतम् विकास हासिल गरेको इतिहासविदहरु बताउँछन् ।
किलाबन्दी रहेको सिम्रौनगढको परिधिलाई ‘बाही’ भनिने गरिन्छ । तिरहुतक्षेत्रभरी कर्णाटकालका मूर्ति, पोखरा, इनार, दुर्ग, भित्ता, खण्डहर तथा अन्य पुरातात्विक अवशेषहरू व्याप्त छन् । सिम्रौनगढ कर्नाटवंशको राजधानी रहेको हुनाले यहाँ यी वस्तुहरू धेरै बढ़ी र उच्चकोटिका भेटिने गरेका छन् ।
सिम्रौनगढको इतिहास :

सन् १०९७ मा सिम्रौनगढमा नान्यदेवले कर्णाटवंशको स्थापना गरेको थियो । उनी पश्चात् कम्तिमा ५ जना शासकहरू क्रमशः गंग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देव कोशीदेखि गण्डकी र महाभारत शृंखला देखि गंगासम्म आधिपत्य कायम गरे ।
गोपालराज वंशावली अनुसार चारपटक यहाँका राजाहरूले उपत्यकामा समेत आक्रमण गरेका थिए । हिमालयी राज्यदेखि दक्षिण भारतको सांस्कृतिक सम्पर्क शंकराचार्यद्वारा विधिवत स्थापना भएपश्चात कर्णाटकीहरूले समेत यस परम्परालाई कला, साहित्यको आदान–प्रदानले निरंतरता दिएको थियो ।
ने.क.पा का प्रभु शाह समुहको सिम्रौनगढ स्थानिय युवा नेता सनी गुप्ताको भनाई :

तिर्हुतको राजधानी सिम्रौनगढ को इतिहासकै कुरा गर्ने हो भने इतिहास १०९७ को छ । यस्मा कुनै सन्देह छैन । तर आज रानाकालिन ढाचाले ले बनेको रामजान्की मदिर पुन्ह निर्मान गर्दा भेटिऐको अवोसेस ले आज यो पनि प्रमान्ती गर्यो कि रानाहरु हाम्रो पुर्खा ,समाज र इतिहास माथी योज्ना बध कति सोसन र दम गरेको छ ।
सिम्रौनगढ सिम्लै सिमल को बन र आर्को गढया ईटा इ मुख्य दुई कुरा ले सिम्रौनगढ बनेको थियो ।
सिमलको बन त रहेन तर वरिपरि यताउता खन्यो भने ईतीहासको गर्भ बाट गढया ईटा निस्किन्छ ।
सिम्रौनगढ मा हटसन आउदा सिम्रौनगढ खण्डर आवस्था मा भेटेको थियो । त्यस पछि १९३५ तिर रानाहरु को कब्जा मा सिम्रौनगढ भयो । रानाहरुले सिम्रौनगढ को इतिहास कहिलै उजागर न होस हिसाबले जति अवशेष थियो । त्यो माथी या त मन्दिर बनायो या त त्यस लाई नस्ट गर्यो ।
इतिहास को आधार प्रदेश २ को नाम सिम्रौनगढ र राजधानी सिम्रौनगढ नै हुनु पर्छ । यदि यस्तो भएन भने प्रदेश सरकारले इतिहास र सिम्रौनगढ राजधानीले चालेको कदम खेपन पनि सक्दैन।
सत्य कहिलै लुकाएर समाप्त हुने कुरा हैन । हामी सत्य लाई खोदालेर निकाल्ने छौ इतिहास को कोख बाट भने बताएका छन।




















