[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा दर्ताप्राप्त गर्न सफल एकमात्रै नेपाली फुटबल क्लब हिमालयन फुटबल क्लब मलेसियाद्वारा दुबै मृगौला खराब भएर पीडित अवस्थामा रहेका पुनः एक नेपाली श्रमिकको उद्धार गरि नेपाल फर्काइएको छ।
नेपाल ठेगाना सप्तरी जिल्ला निवासी २९ बर्षिय नेपाली युवा श्रमिक महेश कुमार विश्वकर्मा वैदेशिक रोजगारीको क्रममा बिगत ३ बर्ष पहिले मलेसियामा रोजगारीको निम्ति एक कम्पनीमा काम गर्न आएका थिए।
तर सुरुको रोजगारदाता कम्पनी छाडेर भागेर पछिल्लो समय अबैधानिक हैसियतमा एक सेक्युरिटी कम्पनी संग आबद्ध रहि काम गर्दै आएका थिए।

पहिल्यै देखी बेला बेला बिरामी परिरहने महेश कुमार विश्वकर्मा करिब आजभन्दा एक महिना अगाडि पेट दुखेर , मुखबाट रगत बग्ने , शरीर सुनिने , वाकवाकी लागीरहने जस्ता सिकिस्त लक्षण देखिएपछि एमटी सेक्युरिटी सर्भिस नामक कम्पनीको सहयोगमा थप चेकजाँच र उपचारको निम्ति महेश कुमार विश्वकर्मालाई अस्पताल भर्ना गरिएको थियो।
अस्पतालको डाक्टरको रिपोर्ट अनुसार निज विश्वकर्माको दुईटै मृगौला खराब (फेल) भैइसकेको बताएको डाक्टरको कुरालाई उद्धत गर्दै हिमालयन फुटबल क्लब मलेसियाको म्यानेजर राजु तामाङले बताउनुभयो।
मलेसियामा अबैधानिक हैसियतमा रहेका विदेशी कामदारहरुको उपचार एकदमै महङ्गो हुने भएकोले पीडित विश्वकर्मालाई नेपाल फर्काउने सम्पुर्ण आवश्यक कागजात तयार गरि यहीँ मिति सन् २०२१ /०३/२५ तारिखको हिमालयन एयरलाइन्सको फ्लाईट मार्फत सकुशल स्वदेश फर्काइएको म्यानेजर राजुले बताउनुभयो।

राजुका अनुसार पीडित विश्वकर्मालाई स्वदेश फर्काउन उपचाररत अस्पतालको तिर्नुपर्ने बाकी रहेको ४,५ हजार बराबरको मलेसियन रिंगेट सम्पुर्ण खर्च रकम साथै कोरोना भाइरसको पिसिआर टेस्ट बापत लागेको खर्च एमटी सेक्युरिटीलेनै तिरिदिएको र अन्य आवश्यक कागजात हवाई टिकट किन्न लागेको खर्च , चेक आउट मेमो बनाउन , अबैधानिक बसे बापत्तको मलेसियन अध्यागमन बिभागलाई बुझाउनु पर्ने जरिवानाको रकम लगायतको सम्पुर्ण खर्च हिमालयन फुटबल क्लबले नै तिरिदिएर सहयोग गरि स्वदेश फर्काइएको राजुले बताउनुभयो।




















