विद्यार्थी कुट्ने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रहरी हिरासतमा।

नवलपरासी:= पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका क्याम्पस  सञ्चालक समितिका अध्यक्ष नितेश गुप्तालाई विद्यार्थी कुटपिट गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको छ ।

सहायक लेखापाल राख्ने बिषयमा  विज्ञापन नगरेको लगायतका अन्य प्रकृया नपु¥याई क्याम्पसमा सहायक लेखापाल नियुक्ति गरेको भन्दै विद्यार्थीले बिरोध गर्दै आएका थिए ।

सोही विषयमा बिहीबार क्याम्पस प्रशासनमा बुझन् गएका विद्यार्थीहरु मध्ये सोभित हलुवाई र कमल ढकाललाई अध्यक्ष गुप्ताले कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन् ।

कुटपिटमा संलग्नलाई कारबाहीको मागगर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि प्रहरीले अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

कुटिपिट गर्ने अध्यक्ष गुप्ता हाल प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले बताउनु भएको छ । भने विद्यार्थीहरुले सत्य तथ्य छानबिन गरि दोषीलाई कारवाहिको माग गरेका छन् ।