लेडिज नाइट : ग्रामी अवार्डमा बियोन्से र टेलर स्विफ्टले रचिन इतिहास।

एजेन्सी := संगीत क्षेत्रको सबैभन्दा ठुलो अवार्ड ‘ग्रामी अवार्ड’ मा पप स्टार बियोन्सेले नयाँ रेकर्ड बनाएकी छिन्। उनले २८ पटक अवार्ड जित्दै इतिहास रचेकी छिन्।

यस्तै, टेलर स्विफ्टले तेस्रोपटक एल्मब अफ द एयरको अवार्ड जित्ने पहिलो महिला परफर्मर बनिन्। ‘एच.इ.आर’ ले सङ अफ द एयर अवार्ड जित्दा बिलल्ली इलिसले लगायतार दोस्रोपटक रेकर्ड अफ द एयरको अवार्ड जितिन्।

आइतबार लस एन्जलस कन्भेन्सन सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा ८४ विधामा अवार्ड वितरण गरिएको थियो। ६३ ‌औं ग्रामी अवार्ड ३१ जनवरीमा हुने भनिएको थियो। तर कोरोना भाइरसका कारण १४ मार्चमा भएको हो।