मिस तामाङ – २०२१ को ताज सफलताले जितिन् , योजना सफल अधिवक्ता बन्ने।

काठमाडौं := मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन्। राजधानीको होटल र्‍याडिसनमा शुक्रवार साँझ भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर १ सफलताले उपाधि हात पारेकी हुन्।

सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पारिन्। काठमाडौं मोडल कलेजमा स्नातक तहमा कानुन विषयमा अध्ययनको तयारीमा रहेकी उनलाई १२ संस्कारणकी विजेता सरिता तामाङले ताज पहिरिदिइन्। उनले कार्यक्रमको शुरुमै आफू सफल अधिवक्ता बन्ने योजना सुनाएकी थिइन्।