[ कृष्णउदास खनाल ]
वीरगन्ज := जिल्ला प्रहरी कार्यालय पर्साले अबैद्य बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई नगद रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बस्ने भतौडा निवासी ३८ बर्याीय जयराम राउत कुर्मी रहेका छन् ।
बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित जय माँ अम्बे टेड्रर्सबाट कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
उनको साथबाट नगद ७ लाख ७५ हजार,४ सय ७० सहित ७ हजार ४ सय भारतीय रुपैयाँ एवम् बब्लु राजको नाउमा जारी भएको नगद २ लाख तथा रामप्रसाद पटेलको नाउमा जारी भएको ५ लाख ६० हजारको चेक समेत बरामद भएको पनि प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।
उनी बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसुरमा अनुसन्धान अगाडी बढाइएको र माँ अम्बेका संचालक फरार रहेको र उनको पनि खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




















