अमिताभ बच्चनलाई ‘एफआईएएफ अर्वाड’ २०२१

एजेन्सी := अमिताभ बच्चन ‘इन्टरनेसनल फेडरेशन अफ फिल्म आर्काइभ’ ले ‘एफआईएएफ २०२१’ अर्वाडबाट सम्मानित हुने भएका छन्।

उनलाई फिल्म क्षेत्रमा योगदान पुर्‍याए वापत् अर्वाडबाट सम्मानित गर्न लागिएको हो। बच्चन भारतीय फिल्म क्षेत्रबाट यो  पुरस्कार पाउने पहिलो व्यक्ति हुन्।

१९ मार्चमा एक अनलाइन कार्यक्रमबिच अमिताभलाई सम्मानित गरिने भएको छ। अमिताभलाई प्रख्यात अन्तर्राष्ट्रिय निर्देशक क्रिस्टोफर नोलन र मार्टिन स्कोसिगीले पुरस्कृत गर्नेछन्।