काठमाडौं := सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो ।
पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो।
प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ। रासस