मुम्बई:= बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
तर अदालतमा हाजिर हुने आदेश जारी गरेपनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो । अदालतले कंगनालाई हाजिर हुन २२ मार्चसम्मको समय दिएको छ । कंगनाका वकिल रिजवान सिद्दिकीले वारेन्टको विरुद्धमा सर्वोच्वमा अपिल गर्नेसमेत बताउनुभएको छ ।
जावेद अख्खरले भन्नुभएको छ, ‘अभिनेता शुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले मेरो नाम बलिउडको गुटबन्दीमा जोडिन् ।’ आफूविरुद्ध गलत प्रचारवाजी गरेको र त्यसले आफ्नो इज्जत, प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगनाविरुद्ध रिट निवेदन दर्ता गराउनु भएको थियो । मुद्दाको सुनुवाइ २६ मार्चमा हुनेछ ।




















