अमेरिकामा बस्दै आएका लमजुङका विजयकुमार गुरुङको मृत्यु।

अमेरिका:= अमेरिकाको चेल्सी म्यासाच्युसेटसमा बस्दै आएका लमजुङका ४१ वर्षिय विजयकुमार गुरुङ (खो बहादुर गुरुङ) को निधन भएको छ ।

लमजुङको क्होलासोथार गाउँपालिका कपुर गाउँका गुरुङको अकस्मात कोठामै निधन भएको हो ।
गुरुङको सबै परिवारमा नेपालमा रहेको ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवारले जनाएको छ । उनको श्रीमति र चार छोराछोरी रहेको जनाइएको छ।

ग्रेटर बोस्टन कमिटीले गुरुङको दाहसस्कारका लागी नेपालमा परिवारसंग समन्वय गरिरहेको छ । अलवायुमै भएको उनको निधन प्रति गहिरो समवेदना व्यक्त गरिएको छ । मुत्यु के कारणले भएकाे हाे भन्ने बारेमा खुलेकाे छैन ।