एजेन्सी := विश्वभरमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ।
अहिलेसम्म कोरोनाका कारण विश्वभरी २५ लाख १८ हजार २१३ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।
विश्वमा ११ करोड ३५ लाख २६ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये ८ करोड ९१ लाखभन्दा धेरै निको भएका छन् ।
कोरोनाका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ कोरोनाका कारण सबैभन्दा धेरै ५ लाख २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, अमेरिकामा २ करोड ९० लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १० लाखभन्दा धेरै सङ्क्रमित हुँदा १ लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ।




















