इजरायलमा कार्यरत नेपाली महिला साबित्रा लुइँटेल घिमिरेको हृदयघातको कारण मृत्यु।

[ आरएन चौधरी थारु ] 

इजरायल := वैदेशिक रोजगारीको क्रममा बिगत लामो समयदेखी इजरायल देशमा कार्यरत एक नेपाली महिलाको उपचारको क्रममा अल्पआयुमै मृत्यु भएको छ।

नेपाल ठेगाना झापा बिर्तामोड नगरपालिका ९ निवासी साबित्रा लुइँटेल घिमिरे नाम गरेकी महिलाको इजरायलकै एक अस्पतालमा उपचारको क्रममा हृदयघात ( heart atack ) भएर हिजो मिति सन् २०२१/०२/२२ तारिख सोमबारको दिन मृत्यु भएको स्रोतले मलाया खबरलाई जानकारी दिनुभयो।

साबित्रा इजरायलमै बसेर विभिन्न सामाजिक संघसंस्था संग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय रहेकी थिइन् , भने साहित्यिक क्षेत्रमा कलम चलाउने एक कुशल महिला साहित्यकार समेत रहेकी थिइन्।